RUMPUM
animated ellipse animated ellipse

चाडपर्वले नेपालीको शान, मान र पहिचानलाई उच्च बनाउँछ–मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ आश्विन २०७६, मंगलवार २०:२४
3
Shares

विराटनगर / नेपालीको शान, मान र पहिचानलाई उच्च बनाउन चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्नेे प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

आज विराटनगरमा मोरङ व्यापार संघले आयोजना गरेको वडा दशैँ, शुभ दीपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । देश क्रमशः शान्ति, स्थिरता र विकासको बाटोमा हिड्न लागेको छ भन्दै मुख्यमन्त्री राईले सुशासन, विकास, राजनीतिक स्थिरता कायम गरी समृद्ध राष्ट्र निर्माण गर्न हामी सबै एकजुट हुनु पर्ने बताए ।

निजी क्षेत्रलाई लगानीमा सहभागी गराउन प्रदेश सरकारले प्रदेशभरिका सार्वजनिक जग्गाको खोजी गरिरहेको छ भन्दै मुख्यमन्त्री राईले यस्ता जग्गालाई उपयोग गर्न प्रदेश सरकारले दीर्घकालीन योजना बनाई उद्योगहरु स्थापना गर्ने कुरामा जोड दिए । निजी क्षेत्रको लगानीलाई सुरक्षित गर्ने वातावरण सरकारले बनाउने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री राईले पर्यटन वर्ष २०२० प्रदेश १ पनि केन्द्र हुने बताए । उनले वडा दशैँ र दीपावली तथा छठ पर्वको अवसरमा समस्त नेपाली जनतामा सुख र शान्ति तथा उत्साह बढोस् शुभकामना समेत दिए ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले सधै व्यापारमा व्यस्त रहने उद्योगी एवं व्यापारीलाई चाडपर्वले नयाँ गति एवं क्रियाशील बनाउने धारणा राख्दै चाडपर्वको अवसरमा सबैलाई हार्दिक शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर