CLASSICTECH NET

मातृभाषा कमजोर भयो : मन्त्री घिमिरे

खबर पूर्वाञ्चल, १४ आश्विन २०७६, मंगलवार १९:०४

विराटनगर / १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशमा रहेको भातृभाषा कमजोर बन्दै गएको बताए ।

१ नम्बर प्रदेशमा १ सय ६ वटा मातृभाषा रहेको जानकारी दिदै प्रदेशमा बोल्ने भाषा कमजोर हुदै गएकोले यसको प्रवद्र्धन र संरक्षणमा गरिनुपर्नेमा जोड दिए ।

सामाजिक विकास मन्त्रालयले विराटनगरमा आज आयोजना गरेको आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रगति तथा चालु आर्थिक वर्षको कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले नेपाली मातृभाषा प्रवर्दधनसँगै अन्तर्रा्ष्ट्रिय अंग्रेजी भाषा विद्यार्थीलाई सिकाइनु पर्ने बताए । ‘जीवन र रोजगारीसँग जोडिएका भाषा अंग्रेजी, चाइनिज, कोरियन भाषा विद्यार्थीलाई सिकाइनु जरुरी छ,’ उनले भने । उनले प्रदेशमा विद्यार्थीलाई किताब र झोला रहित डिजिटल शिक्षा दिने कार्यको थालनी भइसकेको बताए ।

गुणस्तरीय शिक्षा नदिने र थोरै विद्यार्थी रहेका विद्यालयहरूलाई मिलाएर ठूला शैक्षिक संस्था सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

८२ प्रतिशत बजेट खर्च मन्त्रालयले आर्थिक बर्षमा बिनायोजन भएको कूल बजेटमध्ये ८२ दशवलप ८६ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक बर्ष २०७५/०७६ मा विनियोजित भएको कूल बजेट ४ अर्ब १९ करोड ४६ लाख ४७ हजार ८ सय ९६ रुपैयाँ मध्ये ३ अर्ब ४७ करोड ५६ लाख ९५ हजार ५ सय २७ रुपैयाँ मात्र खर्च भएको हो ।

मन्त्रालयले वित्तिय तर्फ ८२ दशमलव ८६ र भौतिक तर्फ ९० दशमलव ०२ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयले गत आर्थिक वर्षमा ४ वटा ऐन र २ वटा नियमावली पारित गरेको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका लागि ३० वटा ऐन आवश्यक पर्नेमा ४ वटा पारित भएको, ७ वटा मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति भएको र ५ वटा विधेयकको मस्यौदा तयार गरिएको यूवा तथा खेलकुद महाशाखा प्रमुख दामोदर फुयाँलले जानकारी दिए । बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उनले मन्त्रालयका लागि ३० वटा नियमावली आवश्यक पर्नेमा २ वटा पारित भएको र एउटा विधेयकको मस्यौदा तयार गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५