RUMPUM
animated ellipse animated ellipse

पत्रकारले सस्तो र भ्रामिक खालका समाचार समाजमा नपस्कन मन्त्री पण्डितको आग्रह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ आश्विन २०७६, सोमबार १७:०४
3
Shares

विराटनगर / सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वर्तमान सरकार प्रेसलाई कुण्डित बनाउने कार्य कहिले नगर्ने बताएका छन् ।
आज विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजित स्व. जर्नादन मैनाली स्मृति पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन ।

मन्त्री मण्डितले स्व. जनार्दन मैनाली अनुशासन विना समाज नरहने हुनाले सञ्चारकर्मीहरुले पनि अनुशासित भई कार्य गरि जनताको आशा र विश्वास नतोडन आग्रह गरे । मन्त्री पण्डितले पत्रकारले सस्तो र भ्रामिक खालका समाचार समाजमा नपस्कन आग्रह गर्दै आचार संहित आफैले प्रयोग गरि अनुशासित भई कार्य गर्नु पर्ने बताए ।

पत्रकारिता जोखिम र सम्मानित पेशा भएको चर्चा गर्दै मन्त्री पण्डितले यसले वर्तमान अवस्थामा यो विस्तारित भए अनुसार गुणस्तरीय कार्य गर्न आग्रहसमेत गरे । उनले राजनीतिक दलको शासन परिवर्तन भइरन्छ तर पत्रकारिताको शासन समाज सदैव रहने हुनाले सत्य तथ्यमा आधारित भई कार्य गर्न जोड दिए ।

मन्त्री पण्डितले वर्तमान सरकारको विकासमुखी कार्यले आगामी दिनमा जनताको घरदैलोमा हँसिलो अनुहार साथ जाने र जनताको विश्वास जित्ने विचार व्यक्त गरे ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मोरङका अध्यक्ष ऋषिकेश पोखरेल,नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुईटेल, प्रेस सेन्टरका लिलाराज भट्टराई, गोकुल पराजुली, हरि अधिकारी, र माधव अधिकारीले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर