पूर्वाञ्चल खबर
विराटनगर / दशैंलाई साकाहारी बनाउन आग्रह गर्दै चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को संदेशमुलक दशैं गीत सार्वजनिक भएको छ ।
दशैँ आएको आभास गराउँदै सन्देश मुलक गीत‘दशैं आयो’ बोलको गीतलाई युट्युबमा आज सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको गीतमा गायक श्रीकृष्णले सम्पूर्णलाई दशैंको शुभकामना दिँदै यसपालीको दशैंलाई साकाहारी बनाउन आग्रह गरेका छन् । गीतमा स्वर, शब्द तथा संगीत श्रीकृष्ण लुइँटेलकै रहेको छ ।
सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारको रूपमा श्रीकृष्ण लुइँटेल र मुना प्रसाईंलगायतका अन्य कलाकारmहरू रहेका छन् । गीतको भिडियोले बोके दाह्रीकै निर्देशनमा तयार भएको गीतको भिडियोलाई जोनी योञ्जÞनले एरेन्ज गरेका हुन् । सुवास लिम्बूको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोलाई दीपेन्द्र कटुवालले ब्यवस्थापन गरेका हुन् भने गीतमा अभिनय गरेका कलाकारहरूको शृंगार कृष्ण सुबेदीले गरेका छन् ।