AArya
RUMPUM
animated ellipse animated ellipse

झोराहाटमा तुलसी दिवससहित चार कवि प्रस्तुत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ आश्विन २०७६, शनिबार १८:२४
3
Shares
विराटनगर / गाउँमा कविताको विशेष शृंखलामा वरिष्ठ कवि तुलसी दिवससहित चारजना कवि प्रस्तुत भएका छन् ।

झोराहाटमा आज आयोजित कार्यक्रममा वरिष्ठ कवि दिवस, जसराज किराँती, श्यामल र प्रभा भट्टराई प्रस्तुत भए । संस्कृतिविद्समेत रहेका दिवसले ‘रोगी पुस्तक र मान्छे’, ‘जिन्दगी लुगा भए’, ‘रंग’ र ‘बाघचाल’ कविता वाचन गरे । गत फागुनदेखि गाउँमा कविता शृंखला रोकिएको थियो । विशेष शृंखलामा किराँतीले ‘आजकल जसराज’ ‘ट्याम्के, परशु र म’, ‘जिन्दगी मलाई चाहिन्छ’ र ‘म जन्मिन सक्छु’ शीर्षकको कविता वाचन गर्दा श्यामलले ‘हतारमा यात्रा’ र ‘चिडियाघरको सुनसान’ कविता प्रस्तुत गरेका थिए ।

दिवस, किराँती र भट्टराईले चार–चारवटा कविता प्रस्तुत गर्दा श्यामलले भने दुईवटा मात्रै कविता प्रस्तुत गरे । त्यस्तै छन्द लेखनमा पहिचान बनाएकी कवि भट्टराई ‘मके भनु’ ‘परदेशबाट फर्कंदा’ ‘नारी’ र ‘आमा’ कविता वाचन गरिन् ।

झोराहाट वाङ्मय महोत्सवअन्तर्गत पहिलो दिन शनिबार गाउँमा कविताको विशेष शृंखला सम्पन्न भएको हो । गोपीकृष्ण मणिकर्णिका सामुदायिक सेवा केन्द्र झोराहाटको आयोजनामा भएको महोत्सवअन्तर्गत गाउँमा कविता विशेष, छन्द कविताको प्रवाह, गजल वाचन, गजल गायन, सीमा पारिका कविता, समसामयिक बहस, कविताको प्रवाभ, कार्यपत्र प्रस्तुतलगायतका कार्यक्रम राखिएको गाउँमा कविताका परिकल्पनाकार गण्डकीपुत्रले जानकारी दिए ।

महोत्सवमा नेपालसहित भारतका विभिन्न स्थानबाट साहित्यकारहरूको सहभागिता रहेको छ । नवनिर्मित सामुदायिक भवनको प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए । भवनमा साहित्यिक, सांस्कृतिकसँगै सामाजिक कार्यक्रम गरिने अध्यक्ष प्रयोग न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर