खबर पूर्वाञ्चल
मोरङ ग्रामथान गाउँपालिका २ स्थित रेमिट वचत तथा ऋण सहकारी संस्थाको सम्पन्न सातौं वार्षिक साधारणसभामा बोल्ने वक्ताले ऋण लिएर घरको गर्जो टार्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद अमनलाल मोदीले ऋण लिने र घराइसी प्रयोगमा खर्च गर्ने प्रवृत्तिले मानिसहरु झन् भन्दा झन् समस्यामा पर्ने भएकोले ग्रामीण भेगमा उत्पादनमुलक काममा सदुपयोग गर्नु सुझाव दिए । उनले बरु बाख्रापालन, किराना दोकान वा कुखुरापालन गरे फाइदा हुने सुुझाए ।
त्यस अवसरमा पत्रकारिताको माध्यमबाट समाजमा योजना पु¥याउने पत्रकार, एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका सन्तान, ग्रामथानका ज्येष्ठ नागरिकसहितलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष उमा घिमिरेले वार्षिक प्रतिवेदन पेश गरिन । यसैगरी लेखा समिति संयोजक अनु न्यौपानेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिन ।
कार्यक्रमका वक्ताले ग्रामीण भेगमा गर्जो टार्ने माध्यममात्र नभएर सहकारी आवश्यकता भएकोमा जोड दिए । संस्थाले ग्रामीण भेगमा गर्दै आएको आर्थिक कारोबार रकम हरेक आर्थिक वर्षमा बढ्दो क्रममा छ । आ.ब. २०७४÷०७५ मा रु. ४ करोड ९८ लाख ९ हजार ऋण लगानी गरेकोमा चालु आबमा ७ करोड ४० लाख पु¥याउने लक्ष्य लिएको अध्यक्ष घिमिरेले बताइन । संस्थाले अघिल्लो वर्ष रु. ३७ लाख १८ हजार खुद नाफा गरेको छ । रेमिटले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्य गर्दै आएको बताइएको छ ।