पूर्वाञ्चल खबर
विराटनगर/ किरात याक्खा छुम्मा नगर कार्य समितिका सचिव प्रेम देवान( लुङ्गा ) लाई सम्मान गरिएको छ ।
किरात याक्खा छुम्मा नगर कार्य समितिको आज भएको एक कार्यक्रम विच देवानलाई समितिले सम्मान गरेको हो ।
भर्खरै उदयपुर जिल्लामा सम्पन्न नेपाल आदिवासी जनजाती पत्रकार महासघ प्रदेश नम्बर एकको ऐतिहासिक प्रथम अधिवेशनबाट प्रदेश नं. १ को सदस्य पदमा निर्वाचित भएका देवानलाई सम्मान गरेको हो ।
देवान हाल नेपाल पत्रकार महासघ मोरङ शाखाको कार्य समिति सदस्य समेत रहेका छन् । हाल आवर विराटनगर डट नेटका समाचार प्रमुख र न्यू सृष्टि दैनिकका कला संयोजक हुन् । देवानलाई कार्य समितिका अध्यक्ष विनादेवी जिमी, नेपाल आदिवासी जनजाती महासघ मोरङ उपाध्यक्ष प्रमिला आङदेम्वे देवानलगायत अन्य पदाधिकारीहरुले फुल माला दोसल्लाह ओढाएर सम्मान गरेका थिए ।