CLASSICTECH NET

स्टारको बार्षिक अवसरमा ११ जना विद्यार्थीलाई पुरस्कृत

खबर पूर्वाञ्चल, ११ आश्विन २०७६, शनिबार १७:४५

विराटनगर / स्टार बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बार्षिक साधारण सभा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।

संस्थाको २२ औं साधारण सभाका अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । संस्थाले समाजसेवी दिनबन्धु गोयलद्धारा स्थापीत स्वर्गीय ओमप्रकाश स्टार सहकारी छात्रवृतिबाट ११ जना विद्यार्थीलाई पुरस्कृत गरेको छ । मोरङका विभिन्न सामुदायिक विद्यालयहरुबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई जनही ७ हजार र सम्मान पत्रले सम्मान गरियो ।

उनीहरुलाई प्रदेश १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, समाजसेवी दिनबन्धु गोयललगायतले सम्मान गरे । यस्तै ६ जना ज्येष्ठ सेयर सदस्यहरुलाई सम्मान गरिएको छ भने उत्कृष्ट बचतकर्ता तथा ऋणिलाई पनि संस्थाले सम्मान गरेको थियो । यसैगरी संस्थाका अध्यक्ष रमेश पोखरेलले संस्थाको लगानी २७ करोड र सेयर पुजी ३ करोड ९० लाख रहेको जानकारी गराए । हाल संस्थामा १ हजार ७ सय २६ जना सेयर सदस्य रहेका छन् भने १ अर्ब ९० करोडको बार्षिक कारोबार भैरहेको संस्थाका सचिव डिल्ली पोखरेलले जानकारी गराए ।

२५ वटा सहकारी संस्थाहरु मिलेर स्टार बहुउद्देश्य सहकारी संस्थाको नेतृत्वमा उद्योग स्थापना गरी बढी भन्दा बढी रोजगारी दिने उद्देश्य रहेको रहेको सुचिव पोखरेलले जानकारी गराए । हाल संस्थाले वृक्षारोपण, सरसफाई, रक्तदान, वृद्धवृद्धालाई तीर्थलगायतका कार्य गर्दे आएको र भावी दिनमा पनि गरिने कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का प्रदेश प्रमुख डाक्टर गोविन्दबहादुर तुम्बाहाङले सरकार समृद्धिको बाटमो लागेकाले सहकारी,नीज र सरकारी तिनवटै क्षेत्र मिलेर अगाढि बढ्नु पर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५