AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

समानन्द हत्या प्रकरण : दिपेशलाई थुनामा राख्ने आदेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० आश्विन २०७६, शुक्रबार १९:००
3
Shares
विराटनगर / विराटनगरका १४ का सेमानन्द यादव हत्या प्रकरणमा दिपेश यादवलाई पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायधीश राजकुमार कोइरालाको इजालशले यादवलाई आज पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतको आदेशपछि यादव जिल्ला कारागार मोरङ चलान भएका छन् ।
दिपेश विराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष बलदेव यादवका भतिज हुन् । वडा अध्यक्ष यादवलाई पनि यो मुद्दामा प्रतिवादी बनाएको छ । उनी अहिले फरार छन् । सरकारी वकिलको कार्यालयले अभियुक्त दिपेशसहित अन्य ९ जनालाई फरार प्रतिवादी बनाएर बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो ।

अभियुक्त यादवको अदालतमा बयान सकिएपछि शुक्रबार थुनछेक बहस सुरु भएको थियो । यो मुद्दामा विराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष ६५ वर्षिय बलदेव यादव, १८ का वडा अध्यक्ष ३५ वर्षिय संजय साह भन्ने संजयकुमार साह र मोरङको जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदिप भनिने प्रदिपचन्द यादव, वडा अध्यक्ष बलदेवका ३० वर्षिय छोरा रविन यादव, विराटनगरका ५५ वर्षिय विन्देश्वर यादव, सोही ठाउँका ३२ वर्षिय विजय भन्ने शम्भू यादव, भोला भनिने भोलु यादव, विरेशकुमार यादव र मोरङ जहदा गाउँपालिका १ का ४२ वर्षिय दिनेश प्रसाद यादवलाई प्र्रतिवादी बनाएको छ ।

गत जेठ ३२ गते विवाहको पञ्चेतीमा वडा अध्यक्षहरू सहित १० जनाबाट कुटिएका सेमानन्द यादवको असार २६ गते राती विराटनगरस्थित कोशीअञ्चल अस्पतालमा निधन भएको थियो । विवाहको विषयमा भएको कुटपिटमा घाइते बनाएका सेमानन्दकोे मृत्यु भएपछि वडाअध्यक्षहरू फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर