पूर्वाञ्चल खबर
विराटनगर / प्रगतिशिल गीत गाउने ७६ बर्षिय जनवादी गायक जेबी टुहुरेको एकल सांगीतिक साँझ हुने भएको छ ।
जेबी टुुुहुरे फाउन्डेसनको आयोजनामा शनिवार दिउँसो ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृह हलमा जेबी टुहुरे एकल साँझ हुने भएको हो ।
जेबी टुहुरे फाउन्डेसनले विराटनगरमा आज पत्रकार सम्मेलन गरि एकल साँझको तयारी तिव्र भएको जानकारी गराएको छ । विराटनगरमा हुने जेबी टुहुरको तेस्रो एकल साँझ रहेको फाउन्डेसनकी अध्यक्ष निर्भीका खड्गीले जानकारी दिइन् । एकल साँझमा गायक जेबी टुहुरेले चर्चित १५ वटा चेतना र सन्देशमुलक गीत प्रस्तुत गर्ने उनले बताइन् । चर्चित र स्थापित भएपनि जनबादी गीतसंगीतका ऐतिहासिक धरोहर एवम परिवर्तनका संबाहक जनगायक टुहुरेको एकल साँगितिक कार्यक्रममा पुर्ण रुपमा निःशुल्क हुनेछ ।
गायक टुहुरेले आफनो हजुरवा उमेरमा पनि देशका सातवटै प्रदेशमा एकल साँझ गर्ने मध्ये लिएर प्रदेश १ मा कार्यक्रम आयोजना गरिएको फाउन्डेसका कोषाध्यक्ष तथा राष्टिय सभा संसाद खेम नेपालीले बताए । उनका अनुसार हालसम्म जनगायक जेबी टुहुरेले करिब १ सय ५० प्रगतीशिल गीतहरु गाइसकेका छन् । टुहुरेले आधा दर्जन बढी चेतनामुलक गीतीहरू समावेश गरिएको एल्बम पनि निकालेका छन् ।
तात्कालिन संबिधान सभा सदस्य तथा अन्तराष्टिय श्रम सम्बन्ध समितिको सभापति समेत रहिसकेका जनगायक टुहुेरेको एकल साँझमा गायकहरू मधु गुरुङ, आकाश थापा र बिहानी बिक र गंगा राईले साथ दिनेछन् । यस्तै भ्वाइलिनमा मनोहर सुनाम, सारंङ्गीमा भरत नेपाली र हार्मेनियममा राजेश थापा र रिदम भरत बुढाथोकीले सहयोग गर्नेछन् ।
एकल साँझको प्रमुख अतिथि प्रदेशका मुख्य मन्त्री शेरधनराई हुनेछन् भने मन्त्री, सांसद, बिशिष्ट व्यक्तिहरूको सहभागि हुनेछ ।
जनगायक जेबी टुहुरेको योगदान र चेतनामुलक गीत संगीतबारे बुझाउन एकल साँझ आयोजना गरिएको फाउन्डेसनका सचिव बिरेन्द्र बस्नेतले बताए । उनका अनुसार जेबी फाउन्डेसनले प्रदेश १ मा चाँडै आधुनिक रेकडिंग स्टुडियो पनि निर्माण गर्दैछ । त्यसका लागि प्रदेश सरकारले ४० लाख बजेट पनि बिनायोजन गरिएको उनले जानकारी दिए ।