RUMPUM
animated ellipse animated ellipse

सेन्ट्रल मलमा महाउत्सव शूरु, चिनी ४९ रुपैयाँमा पाउँने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ आश्विन २०७६, मंगलवार १९:३४
3
Shares
विराटनगर / १० महिनादेखि विराटनगरमा सञ्चालनमा आएको सेन्ट्रल मलले चाडपर्वलाई लक्षित गरि सेन्ट्रल मल महाउत्सव शूरु गरेको छ ।

सीमावर्ती भारतीय बजार जोगबनीमा हजारौ नेपाली उपभोक्ताहरु दैनिक करोड रुपैया भन्दा वढीको सामान खरीद गर्ने कार्यलाई न्यूनीकरण गर्न मलले ‘महाउत्सव –२०७६ ’योजना ल्याएको मलका निर्देशक तथा मोरङ व्यापार सँघका अध्यक्ष प्रकाश मुन्दडाले जानकारी दिए ।

सेन्ट्रल मल आज साँझ आयोजित पत्रकार सम्मेलनमा आगामी दशै, तिहार र छठको उपलक्ष्यमा असोज ११ देखि कात्तिक १६ गतेसम्म ८ सयको सामान खरीद गरेमा ४९ का दरले दुई केजी चिनी तथा १ हजारको सामान खरीद गर्ने ग्राहकलाई पक्का उपहार पाउने गरि एक लक्की कुपन उपलब्ध गराउने छ । लक्की कुपनमा ग्राहकहरुले नगद भौचर, सेन्ट्रल मल्टिप्लेक्सको डिस्काउन्ट टिकट, डिस्काउन्ट कुपन र गिफ्ट कार्डलगायतका उपहारहरु हात पार्न सक्ने सेन्ट्रल मलका निर्देशक मुन्दडाले जानकारी दिए ।

त्यस्तै प्रत्येक हप्ता हात खाली नजाने उपहार अन्तर्गत ग्राहकहरुका लागि होम ग्लोरीको माईक्रो ओभन, राईस कुकर, वाटर डिस्पेन्सर र वाटर फिल्टर लगायतका उपहारहरुको व्यवस्था  गरिएको छ

महिनाको अन्तिम दिन १ जना बम्पर उपहार बैङकक यात्राको अवसर पाउँने सेन्ट्रल मलले जनाएके छ । घटस्थापन, फुलपाति , लक्ष्मीपूजा र छठ पुूजाको दिन १–१ जनालाई स्कूटी उपहार दिने सेन्ट्रल मलका निर्देशक मुन्दडाले जानकारी दिए ।

सेन्ट्रल मलले महाउत्सवका अवसरमा प्रत्येक शनिवार नेपाली राष्ट्रिय कलाकारद्वारा विभिन्न सांगीतिक कार्यक्रम निःशुल्क प्रदर्शन गर्ने भएको छ ।

सेन्ट्रल मलमा एक सय भन्दा वढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रि सामानका विक्री कक्ष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर