RUMPUM
animated ellipse animated ellipse

नेपाल भुटानसँग पराजित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ आश्विन २०७६, आईतवार १८:११
3
Shares
काठमाण्डौं / तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले हार व्यहोरेको छ ।

आज भएको खेलमा साविक विजेता नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको हो । हल्चोकस्थित एपीएफ मैदानमा भएको खेलको पहिलो हाफमा १ – ० ले पछि परेको नेपालले दोस्रो हाफमादुई गोल खाएको थियो । हारसँगै समूह ए मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।

नेपालले २ खेलमा १ अंकजो डेको छ । भुटान भने सेमिफाइनलमा पुगेको छ । भुटानले १ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्सको पनि १ अंक रहेको छ । अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्सबीचको खेलले तय गर्नेछ ।

खेलमा भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरे नेपाल सेमिफाइन लपुग्ने छ । बराबरी र भुटान पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ । नेपालले पहिलो खेलमामाल्दिभ्ससँग १ – १ गोलको बराबरी खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर