RUMPUM
animated ellipse animated ellipse

साफ १८ वर्ष मुनि खेल्ने नेपाली टोलीको घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ भाद्र २०७६, मंगलवार २०:०६
3
Shares

काठमाण्डौं / नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ १८ वर्ष मुनिको च्याम्पियनसिप फुटबलका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आज दोस्रो चरणमा रहेका २५ खेलाडीबाट २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् । गोलकिपर रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ नेपाली टोलीको अन्तिम छनोटबाट बाहिरिएका छन् । साफ १८ वर्ष मुनिको फुटबल आगामी असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ । सशस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा माल्दिभ्स, भुटान छन् । नेपाल यस अघिका दुवै संस्करणको च्याम्पियन टिम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर