पूर्वाञ्चल खबर
विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशको टोली अमेरिका प्रस्थान गरेको छ ।

ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्शको निमन्त्रणामा महासंघ प्रदेश १ अध्यक्ष नरेन्द्रकुमार खडका, उपाध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंका निमित्त महानिर्देशक गोपाल तिवारीसहितको टोली अमेरिका तर्फ प्रस्थान गरेको हो ।
न्यूयोर्कमा असोज २ गते देखि सुूरू हुने १८ औं ग्रेटर न्यूयोर्क फेयर एण्ड कन्फरेन्समा सहभागि हुन उनीहरु अमेरिका प्रस्थान गरेका हुन् । सम्मेलनमा उद्योग वाणिज्य महासंघको तर्फबाट नेपालमा सम्भावित लगानीका अवसर र दुई देश बीचको व्यापार प्रवद्र्धनका विषयमा तयार गरिएको कार्यपत्र प्रस्तुत गरिने छ । टोलीले नेपाल उद्योग वाणिज्य महासंघ र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्श अमेरिकाबीच भगिनी सम्बन्ध विस्तार गर्ने कार्यक्रम रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिए ।