RUMPUM
animated ellipse animated ellipse

अपराध नियन्त्रणमा प्रविधिको भूमिका अपरिहार्य : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० भाद्र २०७६, सोमबार १६:१७
3
Shares
मोरङको विभिन्न ठाउँमा जडान भएको सीसी क्यामेराको रिमोटबाट शुभराम्भ गर्दै मुख्यमन्त्री राई । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रविधिको प्रयोगले सबै प्रकारको अपराध नियन्त्रण र अपराध अनुसन्धान गर्न सीसी क्यामेराले सहयोग मिल्ने बताएका छन् ।

प्रदेश सरकारको सहयोगमा मोरङको विभिन्न ठाउँमा जडान भएको सीसी क्यामेरा सुरक्षा प्रणालीको विराटनगरमा आज शुभराम्भ गर्दै यस्तो बताएका हुन् ।
उनले मोरङ जिल्लामा राखिएको सीसी क्यामेराबाट निगरानी राखेर अपराध नियन्त्रण र प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउने मध्धत मिल्ने उने बताए । मुख्यमन्त्री राईले भरपर्दो सुरक्षा प्रणाली अबिलम्बन गरि सुशासन कायम गरेर अगाडी बढुनपर्नेमा जोडे दिए । प्रदेश १ मा प्रदेश सरकार बनेका दिनदिखे सुरक्षाको प्रत्याभूति दिन सुशासन कायम गरिन महत्पपूर्ण कामको घोषणा गरेको पनि उनले बताए ।

जिल्ला प्रहरी कार्यलयबाट सीसी क्यामेराबाट जिल्लाका निगरानी गरिदै

कार्यक्रममा बोल्दै नेपाल प्रहरीको आइजीपी सर्वेन्द्र खनालले सुरक्षा संयन्त्रलाई बलियो बनाउन प्रविधि आजको आवश्यकता भएको बताए । उनले यस्तो प्रविधिले प्रहरीलाई अनुसन्धानको लागि अचुक एउटा औषधीको रूपमा लिन सकिने बताए । नेपाल प्रहरीलाई परिस्कृत गर्न यो प्रविधिले ठूलो सहयोग पुग्ने उनले बताए । अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी संसारमै उत्कृष्ट भएको बताउँदै उनले सीसी क्यामेराले सुरक्षा प्रणालीलाई थप मजबूद बनाएको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपाल प्रहरीलाई शान्ति सुरक्षा सुदृढ बनाउन महानगरले सहयोग गर्ने बताए । महानगरमा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि महानगरले पनि योजना बनाएर काम अघि बढाएको बताए ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ठाकुरप्रसाद ज्ञावलीले प्रहरीको संख्यात्मक जनशक्ति भन्दा प्रहरीलाई प्रविधिसँग जोडेर अनुसन्धानमा गुणात्मक फड्को मार्न सकिने बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रदेश सरकारको एक करोड १४ लाख सहयोगमो ५८ थान सिसिटिभी जडान भएको र यसबाट मोरङ भरिमा ६० किमी क्षेत्रको निगरानी गर्न मद्दत पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर