पूर्वाञ्चल खबर
विराटनगर / ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालीको आधार ’ भन्ने नारका साथ विराटनगर ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कूलले आज बाल दिवस मनाएका छन् ।
स्कूलमा मन्टेश्वरीमा अध्ययनरत पिजीदेखि कक्षा १ सम्मका वालवालीकाहरुले स्कूलमा विभिन्न कार्यक्रम गरि वाल लिवश मनाएका छन् । स्कूलमा मन्टेश्वरीमा ३ सय ५० जना विद्यार्थी अध्ययन गरेको स्कूलले जनाएको छ । साना नानीहरुले उपस्थीत रहेका आफ्ना अभिभावकलाई नृत्य, गित तथा नाटकलगायतका मनोरञ्जन प्रस्तुत गरेर अभिभावकलाई दिनभर मनोरञ्जन दिएका थिए ।