RUMPUM
animated ellipse animated ellipse

पावरलिफ्टीङ च्याम्पियनसिपको उपाधि राईलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ भाद्र २०७६, शनिबार १६:३१
3
Shares
विराटनगर / विराट जिमको आयोजनामा चौथो पावरलिफ्टीङ च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ ।

आज भएको पावरलिफ्टीङ च्याम्पियनसिपको उपाधि हरिकृष्ण राईले हात पारेका छन् । राईले २४ पतिस्पर्धीलाई पारेका छन् । उनले पावरलिफ्टीङमा ९० केजी तौल उठाएर प्रथम भएका हुन् । त्यस्तै ८० केजी तौल उठाएर सुसिल सुतिहार दोस्रो भएका छन् भने ७५ केजी तौल उठाएर श्याम मारिकले तस्रो स्थानमा चित्त बुझाए । प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश ३,२ र १ हजारसहित ट्रफि हात पारेका छन् ।

मोरङ वडिविल्डीङ तथा फिटनेस सँघको सहयोगमा भएको खेल विराटनगरका २५ जना खेलाडिहरु सहभागि रहेका थिए । उनीहरुलाई विराटनगर महानगर पालिका वडा नं. ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्योपाने,वडिविल्डीङ तथा फिटनेस सँघका केन्द्रीय सदस्य पुष्प श्रेष्ठ र मोरङ वडिविल्डीङ तथा फिटनेस सँघकाका अध्यक्ष राजन दत्तलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर