RUMPUM
animated ellipse animated ellipse

पौडी खेल्ने क्रममा थापाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ भाद्र २०७६, शनिबार ०८:४६
3
Shares

संखुवासभा / खोटाङको दिप्रुङ चिचुम्बा गाउँपालिका ६ घर भई संखुवासभाको मकालु गाउँपालिका ५ मा रहेको अरुण थर्ड शाखा एस्.एम.राज कम्पनीका कामदार ३५ बर्षीय दिलिप थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

शुक्रवार बेलुका साँढे ६ बजेको समयमा मकालु गाउँपालिका ५ मा रहेको राते खोलामा पौडी केल्ने क्रममा थापाको डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै अस्थायी प्रहरी पोष्ट आमराङबाट खटिएको प्रहरी टोलीले थापालाई खोलामा मृत अवस्थामा फेला पारेको थियो । सो स्थानमा थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर