CLASSICTECH NET

कान्तीपुर कलेजको वक्तृत्वकलामा राईलाई सफलता

खबर पूर्वाञ्चल, २४ भाद्र २०७६, मंगलवार २०:१७

विराटनगर / विराटनगर–१० मा रहेको कान्तीपुर कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा याराना राई प्रथम भएकी छिन् ।

राईले १६ जना पतिस्पर्धीलाई पछी पार्दै प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगिता विवेक मण्डल द्वितीय, रन्जीत अधिकारी तृतीय तथा निशु पोखरेल र सविना कटुवालले सान्त्वना स्थान प्राप्त गरे । कलेज व्यवस्थान समितीका अध्यक्ष प्रा.डा.तेजनाराय मण्डल, साहायक प्रध्यापक, जनक अधिकारी र प्राध्यापक कृष्ण वस्तीको निर्णायक समितिले प्रतिस्पर्धीहरूमध्येबाट पुरस्कृतको नामावली सार्वजनिक गरेको थियो ।

‘समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका’ र ‘प्रविधिको प्रयोग, अवसर र चुनौती’ दुईवटा विषयमा प्रतिस्पर्धी विद्यार्थीहरूले आ–आफ्ना तर्क प्रस्तुत गरेका थिए । विद्यार्थी्भित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यका साथ वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी गराए ।

कार्यक्रममा कलेजका अध्यक्ष प्रा.डा. मण्डल प्रिन्सिपल नेपाल, संस्थापक जनक अधिकारी र प्राध्यापक कृष्ण वस्तीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
प्रतियोगितामा कक्षा–११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी भएका थिए । कलेजबाट छनौट भएका विद्यार्थीले हिसानले आयोजना गर्ने वक्तृत्वकलामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५