पूर्वाञ्चल खबर
उर्लाबारी / मोरङ उर्लाबारी नगरपालिका नरपालिका ५ मा रहेको होटल सम्राट एण्ड लजमा जुवा खेल्ने १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले टोलीले आज जुवाडेलाई पक्राउ गरेको हो । उक्त होटलको कोठा नं.३०२ मा तास खेल्दै गरेको अवस्थामा प्रहरीले खालबाट नगद तीन लाख ३७ हजार एक सय ९५ रुपैयाँ जुवा खेल्न प्रयोग भएको तास ५ बुङ बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।