AArya
RUMPUM
animated ellipse animated ellipse

साहित्यकार सीमालाई एभरेष्ट स्कूलको सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ भाद्र २०७६, आईतवार २०:५४
3
Shares

विराटनगर / ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कूलले युवा साहित्यकार सीमा आभासलाई सम्मान गरेको छ ।

विद्यालयको सभाहलमा आज आयोजित कार्यक्रममा साहित्यकार आभासलाई कार्यक्रमका प्रमुख अथिथिसमेत रहेका साहित्यकार गण्डकीपुत्र, विद्यालयका प्राचार्य एवं प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष टीकाराम पुरी, विद्यालयकी निर्देशक राधा ढकालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । युवा साहित्यकार आभासले नेपाली साहित्यमा पु¥याएको योगदानको कदरस्वरुप सम्मान गरिएको प्राचार्य पुरीले जानकारी दिए ।

त्यस्तै सोही अवसरमा आयोजित खुल्ला कविता प्रतियोगितामा कक्षा–१० का छात्र शान्तम बुढाथोकी प्रथम भए । ३८ जना प्रतिस्पर्धीलाई उछिन्दै ‘कविता तिमी यसरी आऊ’ शीर्षकको कविता वाचन गरेर बुढाथोकी प्रथम भएका हुन् । त्यस्तै ‘मेरो देश’ शीर्षकको कविता वाचन गरेर आँचल अधिकारी द्वितीय, ‘आमा’ शीर्षकको कविता वाचन गरेर जोस्ना श्रेष्ठ तृतीय र ‘नारी’ शीर्षकको कविता वाचन गरेर रचना भट्टराईले सान्त्वना स्थान प्राप्त गरे । कवि एवं पत्रकार मीनकुमार नवोदित, कवि माधव मुकुन्द र विद्यालयका शिक्षक खम्बसिंह नेपालको निर्णायक समितिले पुरस्कृतहरूको नामावली सार्वजनिक गरेको थियो ।

उनीहरूलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार १ हजार नगद पुरस्कारसहित ट्रर्फी र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा भ्वाइस प्रिन्सिपल टीएन भण्डारी, अतिरिक्त क्रियाकलापका संयोजक राजन भट्टराईलगायतले विद्यालयका गतिविधिका विषयमा जानकारी गराए । आगामी दिनमा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्राचार्य पुरीले बताए । प्रतियोगितामा कक्षा–८ देखि १० सम्मका ३८ जना विद्यार्थीले विभिन्न शीर्षकका कविता सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर