AArya
RUMPUM
animated ellipse animated ellipse

नाटकले समाजको जीवन्त चित्रण गर्छ– प्रदेश प्रमुख प्राडा. तुम्वाहाङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० भाद्र २०७६, शुक्रबार १९:४०
3
Shares

विराटनगर / नाटकले समाजको जीवन्त चित्रण गर्ने प्रदेश १ का प्रदेश प्रमुख प्राडा. गोविन्दवहादुर तुम्वाहाङले बताएका छन् ।

विराटनगरको गुरुकुल नाटक घरमा आजदेखि शुरु भएको विद्यालयस्तरीय नाटक महोत्सव–२०१९ को उद्घाटन गर्दै प्राडा. तुम्वाहाङले जीवनमा भोगेका घटना नाटकको माध्यमवाट प्रस्तुतीले समाजमा जागरण हुने बताए ।

भदौ २९ गतेसम्म हुने महोत्सवमा विराटनगर , रंगेलीका नौ विद्यालय र गुरुकुल आरोहण नाटक घरको एक गरी जम्मा १० नाटक मञ्चन हुने छन् ।

महोत्सवमा म– नैतिक, अध्याँरो बाटो, मेहनत परिश्रमको फल, दशैं, लक्ष्मीपूजा, छाउपडी, नासो, प्रधानमन्त्री, चण्डालिका( एक अनन्त प्रेम कहानी) र परिवेश नाटकहरु रहेका छन् । नाटकमा १ सय ५० जना विद्यालयस्तरका कलाकारले आफ्नो प्रस्तुति देखाउने छन् भने तीन हजार दर्शकले हेर्ने आरोहणका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर