पूर्वाञ्चल खबर
काठमाण्डौं / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई हराउनेहरुलाई कारबाही गर्ने बताएका छन् । कसैले रोक्न खोजे उनीहरुलाई आफैंले पार्टी कार्यकर्ता र जनताका अगाडि सार्वजनिक गर्ने सभापति देउवाले बताए ।
नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज भक्तपुरमा गरेको कार्यक्रममा सभापति देउवाले अन्तरघात गर्नेहरुलाई कारबाही नगरे फेरि पनि काँग्रेस हार्ने बताए । अन्तरघातबाट पार्टीलाई मुक्त गर्नुपर्ने भन्दै सभापति देउवाले ‘अन्तरघात गर्ने, पार्टीलाई हराउने माथि कारबाही गर्न खोज्दा कसले रोक्दो रहेछ भने उसको पनि परिचय पाइने र यसबाट पार्टीलाई बलियो बनाउन सहयोग पुग्ने बताए । सरकारले नेकपा प्रति प्रतिवद्ध पुलिस, आर्मी र व्युरोक्रेसी बनाउँन खोजेको आरोप सभापति देउवाले लगाए ।