RUMPUM
animated ellipse animated ellipse

छ लेन सडक निर्माणमा मुख्यमन्त्री राईको असन्तुष्टी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ भाद्र २०७६, बिहीबार २०:२५
3
Shares

विराटनगर/ विराटनगर रानीदेखि सुनसरीको धरानसम्म छ लेन सडक निमार्ण कार्यमा तिव्रता नलिएकोमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले असन्तुष्टी व्यक्त गरेका छन् ।

छ लेन सडक निर्माण सम्वन्धी आज मुख्यमन्त्री कार्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री राईले लामो समयदेखि निर्माणले गति लिन नसक्दा जनताले प्रतिक्रिया दिने बेला भएकोले वाधा व्यवधान हटाई निर्माण सम्पन्न गर्न सम्वन्धित निकायहरुलाई निर्देशन समेत दिए ।

जनताको करवाट हामीहरु सञ्चालित भएकाले कुनै वहाना नदेखाई ‘के कारणले ढिलाई भएको हो त्यो कुरा प्रष्ट राख्न’ र समाधानमा गर्ने मुख्यमन्त्री राईले बताए ।

सडक समयमा सम्पन्न नहुँदा धुलो धुँवाले जनता अक्रान्त रहेको बताउँदै मुख्यमन्त्री राईले मेरो जिम्मेवारी के हो ? त्यो सडक आयोजना तथा सडक ठेकेदार कम्पनीले वुझनु पर्ने बताए ।

सन् २००९ मा ठेक्का लागेको सडकको आधा काम पनि अहिलेसम्म सम्पन्न नहुुनुका कारण के हो प्रश्न गर्दै मुख्यमन्त्री राईले त्यसका लागी अव वृह्द छलफल गरी समयमै सम्पन्न गर्न निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर