RUMPUM
animated ellipse animated ellipse

वन मुद्दाका फरार अभियुक्तलाई पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ भाद्र २०७६, बिहीबार २०:१४
3
Shares
विराटनगर / इलाका प्रहरी कार्यालय बेलबारीले वन मुद्दाका फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

तीन महिना (कैद) र २८ हजार ७ सय ३६ रूपैया जरीवाना भएको वन मुद्दाका फरार अभियुक्त मोरङको केराबारी गाउँपालिका– ६ डाँगीका ३६ वर्षिय जितबहादुर मगरलाई प्रहरीले आज पक्राउ गरेको हो ।

प्रहरीले मगरलाई उनकै घरबाट पक्राउ गरी मोरङ जिल्ला अदालतमा बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउंजुले जानकारी दिए । अदालतले २०७० जेठ २१ गते मगरको हकमा फैसला गरेको थियो । वन मुद्दा खेपेको मगर लामो समयदेखि लुकीछुपी बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर