AArya
RUMPUM
animated ellipse animated ellipse

हिमालय दर्शन कलेजले आइटी कम्पनी सञ्चालन गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ भाद्र २०७६, बुधबार २१:२५
18
Shares

विराटनगर/ विराटनगरस्थित हिमालय दर्शन कलेज र ललितपुरको पाटन ढोका स्थित एम पर्सेप्ट टेक्नोलोजीको सहकार्यमा विराटनगरमा व्यवस्थित आइटी कम्पनी सञ्चालन गर्ने भएको छ ।

कलेज र कम्पनी बिच आज विराटनगरमा पत्रकार सम्मेलन गरि सम्झौजा पत्रमा हस्ताक्षर पनि गरेका छन् । कलेजका तर्फवाट अध्यक्ष गुणराज ढुंङ्गेल र कम्पनीका निर्देशक संजीव उदासले आइटी कम्पनी सञ्चालन गर्ने विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले विराटनगरमा सूचना प्रविधि संस्था सञ्चालन गरी आगामी दुई वर्षमा दक्ष जनशक्ति उत्पादन गरी जापानको आईभिएम कम्पनीमा रोजगारीका लागि पठाउने छ । कम्पनी स्थापनावाट यस क्षेत्रका ३५ जना युवायुवतीले रोजगारी पाउने जानकारी दिइयो । यसैगरी कलेजले त्रिभुवन विश्वविद्यालयवाट सञ्चालित स्नातक प्रथम सत्रको विएससी सिएसआईटी तर्फ अनिशभक्त जोशीले नेपाल दोश्रो स्थान प्राप्त गरेकोमा सम्मान गरेको छ । यस्तै कलेजले स्नातकको वि.आई.एम.तर्फ नेपाल दोश्रो भएको र निकिता खनाल पाँचो र कैलाश यादव छैठो स्थान र विसिए तर्फ कलेज प्रथम हुने भविश भट्टराईलाई पनि सम्मान गरेको छ ।

कलेजले यसै वर्षदेखि काठमाडौका तीन वटा पाँच तारे र विराटनगरको विग होटलसंग सम्झौता गरी स्नाकोत्तर तहको होटल व्यवस्थापन विषयमा अध्यापन कार्य सञ्चालन गर्ने जानकारी दिएको छ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउन पु¥याउन तथा स्थानीय होटलमा दक्ष जनक्ति र रोजगारी उपलव्ध गराउने उद्देश्यले अध्यापन शुरु गरेको कलेजका प्राज्ञिक निर्देशक भेषराज पोखरेलले बताए । कलेजले नेपाल सरकारवाट घोषित गरेको छात्रवृत्ति प्रदान गदैैै आइरहेको छ ।

कलेजले यसै शैक्षिक सत्रबाट सञ्चालन गरिने होटल म्यानेजमेन्टमा ४४ जनाको कोटा रहेको कलेजका निर्देशक पोखरेलले बताए । उनका अनुसार हालसम्म ३३ जनाले होटल म्यानेजमेन्टको लागि फारम पनि भरेको जानकारी दिए । होटल म्यानेजमेन्टको कोष पूरा गर्न ६ लाख २५ हजा रुपैयाँ भए पनि हिमालय दर्शन कलेजले ५ लाख ७५ हजारमा अध्ययन गराउने पोखरेलले बताए ।

सोही अवसमार कलेज टप पर्ने भविश भट्टराई सहित ४ जनलाई कलेजले सम्मान पनि गरेको गरेको छ । उनीहरूलाई नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिब विवेक गौतम, कलेजका निर्देशक भेषराज पोखेरेल, कलेजका निर्देशक ज्ञानबहादुर खडका र शैलेन्द्र शिवाकोटीलगायले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर