CLASSICTECH NET

परिक्षण नगरि ल्याएको तरकारी विराटनगरबाट बरामद

खबर पूर्वाञ्चल, १७ भाद्र २०७६, मंगलवार २०:५३

विराटनगर / विराटनगरबाट प्रहरीले परिक्षण नगरि ल्याएको तरकारी बरामद गरेको छ । जोगबनीबाट विषादी परिक्षण नगरी ल्याएको तरकारी प्रहरीले बरामद गरेको हो ।

आयातीत तरकारी खरिद गर्ने व्यापारीले पुरानो विषादी परीक्षण गरेको रिपोर्ट देखाएर भारतीय तरकारी नेपाल भित्रने गरेको पाइएको छ । विराटनगर १४ स्थित पुरानो हवाई फिल्ड मलायरोडबाट करिव ६ सय किलो तरकारी बरामद गरेपछि यस्तो रहस्य खुलेको हो।

विराटनगर भन्सार रानीबाट विषादी परिक्षण नगरी नेपालतर्फ आउँदै गर्दा आज प्रहरीले तरकारी नियन्त्रणमा लिएको जनाएको छ ।

आयातीत तरकारीको विषादी परीक्षण गर्न झापाको विर्तामोडस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा लग्नु पर्ने झन्झट र विराटनगरदेखि करिब १ सय किलोमिटर टाढा भएका कारणले गर्दा व्यापारीले चलाखी गरेर पुरानो परीक्षण रिपोर्ट देखाएर तरकारी भित्र्याउने गरेका हुन् । दुई साता बढी पुरानो बिषादी परीक्षणको प्रमाणपत्र र बिलको आधारमा ब्यापारीले तरकारी ल्याइरहेको फेला परेपछि ४ ठेला तरकारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।बरामद गरिएका तरकारी विराटनगर भन्सार कार्यालयलाई बुझाइएको उनले बताए।

प्रहरीले बरामद गरेको परवल, गोलभेँडा,चटेल र खुर्सानी रहेको छ। बरामद गरिएको तरकारीको साउन ३० गते भन्सार बिल काटिएको छ भने साउन ३१ गते विर्तामोडस्थित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला इकाइबाट बिषादी परीक्षण गरिएको प्रमाणपत्र तरकारी ल्याउँदै गरेको ठेला चालकसँग भेटिएको छ । प्रहरीको आँखा छल्न व्यापारीको निर्देशनमा ठेलावालाले बिल र बिषादीको प्रमाणपत्र दुई साता पुरानो देखाएर नेपाल तरकारी भित्र्याउने गरेका छन् ।

विराटनगरस्थित राम ट्रेडर्सको नाममा सो तरकारी आयात गरिएको बरामद तरकारीको बिलमा उल्लेख छ । बरामद गरिएका तरकारी र बिलमा उल्लेख गरिएको परिमाण समेत फरकफरक छ। बिलमा काँक्रा, हरियो खोर्सानी उल्लेख नगरिएको भए पनि ती सामग्रीहरू समेत ठेलामा लोड रहेको भेटिएको छ।

ब्यापारी र भन्सारका कर्मचारीको मिलेमतोमा एउटै बिल र प्रमाणपत्र देखाएर पटक पटक तरकारीलगायतका सामग्री ओसार्ने गरिएको बुझिाएको छ । यता विराटनगर भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी मनिराम पौडेलले आयातित तरकारीको विषादी परीक्षण नगरी नेपाल भित्र्याउन नपाउने गरेको बताए ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५