पूर्वाञ्चल खबर
विराटनगर / परोपकार अभियान समूहले आज परोपकार घाटको शिवालयमा आयोजना गरेको तीज महोत्सवमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा प्रतियोगितात्मक नृत्य र गायनका कार्यक्रमहरुमा विभिन्न २२ एकल तथा समूहमा महिला तथा बालिकाहरुले भाग लिएका थिए । प्रतियोगितामा पवित्रा माझी, नविना कट्वाल , प्रतिमा निरौला , एलिना खड्का, सृजना अधिकारी बाल समूहकी सुलोचना भट्टराई पुरस्कृत भएका थिए भने उनीहरुलाई परोपकार अभियान समूहका अध्यक्ष बाबुराम नेउपानेलगायत कार्यसमितिका पदाधिकारी एवमं सल्लाहकारहरुले पुरस्कार समर्पण गरेका थिए ।
कार्यक्रमको संयोजन गीता अधिकारिले गरेकी थिइन् भने सञ्चालन इन्दु सुवेदी र उर्मिला सुवेदीले गरेको कुरा निर्णायक प्राध्यापक एबम साहित्यकार दिनेशराज सुवेदी र अधिवक्ता मीना सेढाईले जानकारी दिएका छन् ।
कार्यक्रममा ८० वर्ष भन्दा माथीका आमाहरु इन्द्रकुमारी त्रिताल र कुलमाया निरौलालाई संस्थाको तर्फबाट सम्मान समेत गरिएको थियोे ।