पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरमा १० मा रहेको सोम्स कलेजले पहिलो ब्याचका एसिसिएका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण आज सम्पन्न गरेको छ ।
कार्यक्रममा गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका ४० जना विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख आर.सी. कोइराला, सञ्चालकद्वय रोशन घिमिरे, दिनेश दाहाल तथा शिक्षकहरु सिए अनन्त काफ्ले, एसिसिए ज्योती लुइटेल र एसिसिए अमित अग्रवाललगायतले पठन पाठनको विषय बस्तुका बारेमा जानकारी गराएका थिए ।
विश्वका १ सय ८१ देशमा अध्ययन गरिने अन्तराष्ट्रिय मान्यता प्राप्त लेखा तथा वित्त व्यवस्थापन सम्वन्धि अध्यापन गराइने यो कोर्ष सन १९०४ मा लण्डनबाट शूरुवात भएको हो । १ सय १५ वर्ष पछि प्रदेश १ को राजधानी विराटनगरमा शूरुवात भएको हो । यो कोर्ष अध्ययन गरेका विद्यार्थीहरु विश्वका कुनैपनि देशमा गई लेखा तथा वित्त व्यवस्थापन सम्वन्धि कार्य गर्न दक्ष हुने र वेरोजगार भई बस्न नपर्ने क्याम्पस प्रमुख आर.सी. कोइरालले जानकारी दिए ।