पूर्वाञ्चल खबर
देशमा आर्थिक विकास हासिल गरि सम्बृद्ध नेपाल बनाउन निजी क्षेत्रको भुमिका र सहकार्य अपरिहार्य रहेको भन्दै उनले आगामी वर्षहरुमा सरकार र निजी क्षेत्र विकासमा साथसाथै रहनुपर्ने कुरामा जोड दिए ।
मन्त्री यादवले रौतहटको चन्द्रनिगाहपुरमा आज नेपाल ईट्टा उद्योग महासघको ११ औं केन्द्रीय साधारणसभाको उद्घाटन गर्दै मुलुकले सम्वृद्धि हासिल गर्ने अभियानमा सबैको सहयोग र सहकार्यको आवश्यकताको खाँचो रहेको बताए । मन्त्री यादवले विकासका कार्यमा पक्ष र प्रतिपक्ष नभनेर सहयात्री हुन प्रतिपक्षी दललाई आग्रह समेत गरे ।
ईट्टा उद्योग नयाँ प्रविधिसँगै अगाडी जानुपर्ने धारणा राख्दै मन्त्री यादवले धुँवा तथा प्रदुषणरहित वातावरणमैत्री उद्योग स्थापना गर्न अग्रसर रहनुपर्नेमा जोड दिए । ईट्टा उद्योगलाई व्यवस्थित गर्न खोज्दा आतंकित हुनु नपर्ने प्रस्ट पार्नु उहाँले काभ्रेको भकुण्डेबेसी ईट्टा उद्योगका सम्वन्धमा आफुले बुझ्ने र समस्या समाधान गर्ने प्रतिबद्धता समेत जनाए ।