RUMPUM
animated ellipse animated ellipse

औषधी व्यवसायीको तीज बृद्धाआश्रममा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ भाद्र २०७६, शनिबार १८:१५
3
Shares
विराटनगर / कतिपय संघसंस्था, समुह, परिवारहरुले अहिले महिलाहरुको महान चाड हरितालिका तीजको दर खाने कार्यक्रम होटल, पार्टी प्यालेस तथा पर्यटकीय स्थलहरुमा गरिरहेका र गर्ने प्रचलन बढीरहेको छ ।

समाज परिवर्तन सँगै चाडपर्व मनाउँदा आर्थिक रुपले खर्चालु र भड्किलो तरिका अपनाइन थालेको छ । तर औषधी विक्रेताहरुको एक संस्था नेपाल औषधी संचालक संघ ,केन्द्रीय तदर्थ समिति विराटनगरले बृद्धाश्रममा गएर दर खाने कार्यक्रम गरेको छ । संघले विराटनगर महानगरपालीका –८ अशोक चौक स्थित विराटेश्वर बृद्धाश्रममा गएर त्यहाँ आश्रित बृद्धबृद्धाहरुसँग रमाइलो गर्दै तीजको दर खाने कार्यक्रम गरेको छ ।

संघले चाड पर्वमा हुने गरेका तडकभडक भन्दा परम्परा र संस्कृति जोगाउन रचनात्मक ढंगले दर खान सकिन्छ भन्ने सन्देश प्रवाह गर्न विराटेश्वर बृद्धाश्रममा गएर दर खाने कार्यक्रम गरेको संघका संयोजक देशबन्धु ढकालले बताएका छन् । उनले संघमा आबद्ध औषधी व्यवसायीहरुले आ–आफ्नै तवरबाट सहयोग संकलन गरि बृद्धाश्रम रहेका ४५ जना बृद्धबृद्धाहरुलाई विहान खाजा र मध्यान्हको खाना खुवाउँदै केहि खाद्यान्न समेत सहयोग गरेको जानकारी दिए । उनीहरुलाई पुलाउ, तरकारी, अचार, पकौडा, दही, रसवरी लगायतका खाद्यान्न बृद्धाश्रम परिसरमै पकाएर दर खुवाएका थिए ।

उनीहरुले बृद्धाश्रममा औपचारिक रुपमा एक कार्यक्रम समेत गरेका थिए । संघका सचिव महेश मण्डलको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल औषधी व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य लक्ष्मीप्रसाद तिम्सिना, पिनका केन्द्रीय सदस्य रविन्द्र कोइराला, विराटनगर उपाध्यक्ष सुर्य दाहाल , संघका सदस्य प्रविन प्रधानलगायतले चाडपर्व मनाउँदा गरिने तडकभडकलाई सबैले मिलेर न्यूनिकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बृद्धाश्रमकी संरक्षण गर्दै आएकी माया रेग्मीले भगवान सरहका बृद्धबृद्धाहरुलाई सम्झेर तीजको दर खुवाउन आएकोमा नेपाल औषधी संचालक परिवारलाई धन्यवाद दिएकी थिइन् । साथै संघका सदस्य सत्यम नेपालीले बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुलाई महिलाहरुको महत्वपूर्ण पर्व हरितालिका तीजको दर खुवाउन सहयोग गर्ने, बृद्धाश्रम संचालक, सहभागीता जनाउने औषधी संचालक तथा त्यस सँग सम्बन्धीत सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर