पूर्वाञ्चल खबर
पीताम्वर– खिलेश्वर स्मृति प्रतिष्ठान एवम् नेपाल पत्रकार महासंघ मोरङले स्थापित उक्त पुरस्कारवाट विरहीलाई नगद २५ हजार राशीसहित सम्मान पत्रले सम्मान गरिएको होे ।
प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा.गोविन्दवहादुर तुम्वाहाङले पुरस्कार वितरण गर्दै स्व. रेग्मीले तानाशाही व्यवस्था समयमा पनि जनतालाई पत्रकारिताको माध्यमवाट सुसुचित गराउने कार्य गरेकोमा सराहना गरे ।उनले सच्चाव्यक्तिलाई पुरस्कार प्रदान गरेकोमा खुशी व्यक्त गर्दै पत्रकारिता राष्ट्रिय हित र नागरिकका लागि गर्नुपर्नेमा जोड दिए ।
प्रदेश सभासदहरु सावित्रा रेग्मी र जयराम यादवले लोकतन्त्र स्थापना र समाज परिवर्तनका लागि स्व. रेग्मीले लगातार कलम चलाउनु भएको स्मरणसमेत गरे ।
पुरस्कृत वरिष्ठ पत्रकार विरहीले पत्रकारिता व्यवसायिक ,विश्वसनिय वनाउन सचेत हुनुपर्नेमा जोड दिंदै गुण र दोषको आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
भोजराज रेग्मी, नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, महासंघ प्रदेश अध्यक्ष बिक्रम लुईटेल, मोरङ अध्यक्ष बन्धु पोखरेल र सञ्चारकर्मी अनन्त न्यौपानेले पत्रकारिता क्षेत्रमा स्व.रेग्मीले पु¥याएको योगदानलाई युवा सञ्चारकर्मीहरुले अनुशरण गर्नुपर्नेमा जोड दिए ।