AArya
RUMPUM
animated ellipse animated ellipse

अनियमितताप्रति शून्य सहनशिलता अपनाइने–कामु मुख्य न्यायाधीश शर्मा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ भाद्र २०७६, बिहीबार २१:१७
3
Shares
विराटनगर / अनियमितता र ढिलासुस्ती प्रति शन्यसहनशिलता अपनाइने उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश बिनोद शर्माले बताएका छन् ।

आज विराटनगरमा अदालतको कामकारवाही वारमा आयोजित पत्रकार सम्मेलनमा कामु मुख्य न्यायाधीश शर्माले चौथो कार्ययोजना अन्तर्गत आगामी पाँच वर्षभित्र न्यायमा नागरिकको पहुंच, न्याय सम्पादन छिटो र गुणस्तरीय, न्यायालयमा सुशासन, अदालतको सुदृढीकरण र जनताकाृ अदालतप्रति विश्वसनीयता जगाउनु रहेको जानकारी दिए ।

अदालतमा गत वर्ष अनुमान गरेकोभन्दा वढी नयाँ मुद्दा दर्ता भएकोले मुद्दा फछ्र्यौटको प्रतिशतमा कमी आएकोसमेत उनले बताए । अदालतका अर्का न्यायाधीश महेश शर्मा पौडेलले अदालतमा सूचनाको पहुंच सहज पु¥याउने बताए ।

उच्च अदालत विराटनगरमा आर्थिक वर्ष २०७५/७६ मा नयाँ तीन हजार ४६८ र जिम्मेवारी सरेको ९५६ गरी कूल चार हजार ४२४ मुद्दा मध्ये दुई हजार ४८२ (५६.१० प्रतिशत )फछर्यौट भएको छ ।

विराटनगरमा रहेको अदालतको कार्य क्षेत्र मोरङ र सुनसरी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर