AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा मृत अवस्थामा युवाको शव भेटियो, पहिचान हुन सकेन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ भाद्र २०७६, बुधबार २०:४०
3
Shares
मृत अवस्थामा फेला परेको युवाको शव

विराटनग / विराटनगर महानगरपालिका १६ स्थित एक युवाको मृत अवस्थामा शव फेला परेको छ । अन्दाजी २० देखि २५ वर्षको देखिने युवाको शव आज विराटनगरस्थित जुट मिल र सुगर मिलको सिमानामा फेला परेको हो ।

गहु गोरो वर्णन भएको ५ फुट १ ईन्च उचाइ, कालो छोटो कपाल , सेतो भेष्ट, सेतो हाप्पेन्ट, रातो पुरानो पेटी, हरियोमा पहेलो रङ भएको पुरानो फित्ते चप्पल हेर्दा मंगोलियन जस्तो देखिने नाम थर, वतन नखुलेको पुरुष मानिस मृत अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

मृतक केही समय अघी लागू औषधको नशामा झुलिरहेको अवस्थामा देखेको स्थानिय प्रत्यक्षदर्शीहरूले प्रहरीलाई बताएका छन् । अत्याधिक लागूऔषध सेवन गरि ओभर डोज भएर मृत्यु भएको प्रहरीले आशंका गरेको छ । मृतकको लाशको घटनास्थल लाशजाँच मुचुल्का समेतको अनुसन्धान कार्य पुरा गरी शव पोष्टमार्टमको लागी कोशी अञ्चल अस्पतालको शव गृहमा सुरक्षित राखीएको मोरङ प्रहरीले जनाएको छ ।

मृतकको आफन्त हालसम्म कोही फेला नपरेकाले मृतकको पहिचान खुलाउने उद्देश्यले मोरङ प्रहरीले सार्वजानिक रुपमा सामाजिक सञ्जालमार्फत सुचना पनि जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर