AArya
RUMPUM
animated ellipse animated ellipse

राधाकृष्ण रथयात्रामा उश्रृंखल गतिविधि गर्ने एक दर्जन प्रहरीकोे नियन्त्रणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ भाद्र २०७६, शनिबार १९:५२
3
Shares
फाइल तस्वीर
विराटनगर/ विराटनगरमा निस्किएको ऐतिहासिक राधाकृष्ण रथयात्रामा उश्रृंखल गतिविधि गर्ने एक दर्जन लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रथयात्राको समयमा भिडभाडमा उश्रृंखल गतिविधि गर्नेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएस राजकुमार खिउँजुले जानकारी दिए । प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

‘भिडभाडको मौका छोपी संकास्पथ गतिविधि गर्ने गरेको देखियो,’ डिएसपी खिउँजुले, ‘घटना हुन नदिने नियन्त्रणमा लिएका हौं ।’ उनीहरुको गरेको घटनाको अवस्था हेरेर छोडने वा अनुसन्धान गरि प्रक्रिया अगाडी बढाउने प्रहरीले तयारी गरेको छ ।

प्रहरीले रथयात्रामा सुरक्षा व्यवस्था कडा पारेको थियो । सुरक्षाका लागि मोरङ प्रहरीले १७ सय नेपाल प्रहरी र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको एसपी विश्व अधिकारीले जानकारी दिए । रथयात्रामा ड्रोन क्यामेराबाट सुरक्षा निगरानी गरेको कारणले अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर