RUMPUM
animated ellipse animated ellipse

जनता वैक अवकाश कोषले मण्डल दम्पतीलाई सुत्केरी स्यहार खर्च हस्तान्तर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ भाद्र २०७६, शुक्रबार १९:५०
3
Shares
विराटनगर / जनता बैंक नेपाल लिमिटेडद्धारा सञ्चालित जनता अवकाश कोषले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा मोरङको कटहरीगाउँपालिका २ का राकेशकुमार मण्डलकी श्रीमति पुनमकुमारी मण्डलले बच्चा जन्माएवापत जनता अवकाश कोषले ८ हजार ५ सय हस्तान्तर गरेको छ ।

वैंकले जनता अवकाश कोष अन्तरगत मण्डलकी श्रीमतीले बच्चा जन्माएबाट कोषबाट पाउने सुत्केरी स्यहार खर्चबापतको सो रकम विराटनगर शाखाका शाखा प्रबनधक निश्चल अधिकारी उनीहरुलाई हस्तान्तरण गरे ।

जनता अवकाश कोष आयकर ऐन, २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त गरी स्थापना भएको स्वीकृत प्राप्त अवकाश कोषका रुपमा विगत १५ वर्षदेखि सेवा प्रदान गर्दै आएको छ । यस कोषले विभिन्न उद्योग, व्यापार व्यवसाय, बैंक तथा वित्तीय संस्था, अन्य संगठित संघ, संस्था, प्रतिष्ठान, विद्यालयका साथै र कर योग्य आय भएका परामर्श दाता, चिकित्सक, इन्जिनियर, कानून व्यवसायीलगायतका सहभागीहरुलाई कोषका विभिन्न अवकाश योजनाहरु मार्फत सेवा प्रदानगरिरहेको शाखा प्रबनधक अधिकारी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर