पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर – १ राधाकृष्ण मन्दिर परिसरबाट आउँदो शनिबार साढे तीन बजे निस्कने ऐतिहासिक राधाकृष्ण रथयात्रामा मोरङ प्रहरीले १ हजार ७ सय जना प्रहरी परिचालन गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीका अनुसार रथयात्राको दिन २ सय जना सादा पोशक र १ हजार ५ सय जना यूनिफर्म लगाएको गरि १७ सय जना नेपाल प्रहरी मात्र परिचालन गरिने जानकारी दिए । यस्तै सशस्त्र प्रहरी पनि परिचालन गरिनेछ । ‘विराटनगरमा निस्कने यो रथयात्रा एतेहासिक हो,’ उनले भने, ‘यहाँ ठूलो संख्यामा भक्तजनको सहभागि हुन्छ । सुरक्षा चुनौति पनि उत्तिकै रहने भएकोले हामीले विशेष सुरक्षा योजना अपनाएका छौं ।’
जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा उनले रथयात्राको दिन ड्रोन क्यामराबाट पनि निगरानी गरिने बताए । ‘१५ प्रकारको सुरक्षा योजना अपनाएको छौं,’ उनले भने, ‘त्यस दिन कुनै घटना हुन नदिन हामीले महानगरको १० स्थानमा विशेष निगरानी राखेका छौं । जहा हामीले चेकजाँच पनि गर्दछौं ।’