पूर्वाञ्चल खबर
आज मोरङ प्रहरीका प्रवब्ता डिएसपी राजकुमार खिउंजुको नेतृत्वमा गएको प्रहरीले टोलीले अवैध रूपमा घरेलु मदिरा बनाउने उद्योगबाट ४ हजार ४ सय ६५ लिटर घरेलु मदिरा र मदिरा बनाउने सामाग्री बरामद गरेको हो ।
मोरङ प्रहरीले आज पत्रकार सम्मेलन गरि बरामद गरेको मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र विभिन्न सामाग्रीहरू सार्वजानिक गरेको छ । प्रहरीले विराटनगर– १२ बखरी टोलीबाट जगदिश कामत, सजन कामत र रामचन्द्र यादवको घरमा छापा हानेर अवैध मदिरा बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।
अवैध रूपमा मदिरा बनाएर ठूलो परिणममा घरमा लुकाउने गरेको सूचना आएपछि छापा हानेर बरामद गरेको एसपी अधिकारीले बताए । प्रहरीले २ सय लिटर क्षमताको २ थान ड्रममा ४ सय लिटर, ६० लिटर क्षमताको प्लाष्टिकको ड्रम ६४ थानमा ३ हजार ८ सय ४० लिटर र १५ लिटर क्षमताको प्लाष्टिकको ड्रम १५ थानमा २ सय २५ लिटर गरि ४ हजार ४ सय ६५ लिटर मदिरा बरामद गरेको छ ।
डिएसपी खिउजु, बेदप्रसाद गौतमसहित प्रहरी टोली वस्तीमा पुगेपछि मदिरा उत्पादकहरुको भागाभाग मच्चिएको थियो । गाउँमा प्रहरीको भ्यान पुगेपछि घरधनीहरु घर छाडेर हिडेका थिए । प्रहरी पुग्दा घरमा ताल्चा लगाएर घरधनी भागेपछि ताल्चा फोडेर प्रहरीले मदिरा नियन्त्रणमा लिएको छ । डिएसपी खिइजू घरमा ससाना बालवालिकालाई छाडेर घरमुली प्रहरीलाई देखेपछि घर छाडेर भागेको बताए । बरामद मदिरा आन्तरिक राजस्व कार्यालय मोरङमा बुझाउने डिएसपी खिउजूले बताए ।