AArya
RUMPUM
animated ellipse animated ellipse

एम्बुलेन्स दुर्घटना ११ जना घाईते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ श्रावण २०७६, मंगलवार १६:१२
3
Shares
विराटनगर / प्रदेश १ को उदयपुर र सुनसरीमा आज विहान भएको एम्बुलेन्स दुर्घटनामा ११ जना घाईते भएका छन् ।

झापाबाट उपचार गरी घर फर्केका मानिसलाई लिएर गाईघाट तर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स आज विहान उदयपुरको त्रियुगा नगरपालिका–६ चुरेमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा एम्बुलेन्समा सवार त्रियुगा नगरपालिका–६ का सदहरुल मिया, निजको छोरी २८ वर्षिय सहिजा मिया, सोही स्थान बस्ने ३५ वर्षिय मोहमद हमिद, ४० वर्षिय की सहिपुन खातुनर्, ७५ वर्षिय हजरा खातुन, त्रियुगा नगरपालिका–१२ की ३२ वर्षिय अम्बिका विक र निजको छोरा ११ वर्षिय अशोक विक घाईते भएका हुन् ।

घाईते सबैजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ भने चालक र एम्बुलेन्स ईलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका–१ बाट सुत्केरी व्यथा लागेको विरामी बोकेर विराटनगर तर्फ आउँदै गरेको स १ झ ५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका–२ को थलाहा पुलमा आज विहान ठोक्किएर दुर्घटना हुँदा एम्बुलेन्समा सवार उदयपुर गढी गाउँपालिका–१ की ३२ वर्षिय सविना बास्तोला (सुत्केरी व्यथा लागेको बिरामी), निजको श्रीमान ३६ वर्षिय खेमबहादुर बास्तोला, सोही स्थानका ३६ वर्षिय सिताराम बास्तोला घाईते भई विराट टिचिङ अस्पताल गंगा चौकमा उपचार भईरहेको छ भने चालक सोही स्थानका २८ वर्षिय नीरबहादुर पुलामी मगरको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर