RUMPUM
animated ellipse animated ellipse

पारा टोलीको जापानमा प्रशिक्षण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ श्रावण २०७६, शुक्रबार १८:३७
3
Shares
बिदाइपछि सामूहिक तस्बिर खिचाउँदै नेपाली पारा तेक्वान्दो टोली
काठमाण्डौं / अर्को वर्ष आयोजना हुने ओलम्पिक खेलकुदलाई लक्षित गर्दै राष्ट्रिय पारा तेक्वान्दो टोलीको प्रशिक्षण जापानको मिकिसिटी सहरमा हुने भएको छ ।

जापानको मिकिसिटी सहरले एक साताका लागि पारा टोलीको प्रशिक्षण मिलाइएको हो । मिकिसिटीका मेयर काजुहिकु नाकाताको विशेष निमन्त्रणामा पारा टोली त्यसतर्फ जान लागेको हो ।

नेपालबाट तीन ग्यरोगी र दुई पुम्से खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन् । प्रशिक्षणका लागि जापान जाने खेलाडीहरुमा पलेसा गोवद्र्धन, दीपेश महत, रोहितहाङ राई, विक्रम श्रेष्ठ र सुवासचन्द्र राई छन् । यस्तै प्रशिक्षकमा कविराज नेगी लामा, व्यवस्थापकमा रोशन श्रेष्ठ र टोली नेतामा रामचन्द्र श्रेष्ठ छन् । नेपाली खेलाडीको बस्ने र खाने व्यवस्था मिकिसिटी महानगरपालिकाले गर्ने छ ।

नेपाली टोलीलाई आज नेपाल तेक्वान्दो संघले बिदाइ गरेको छ । संघका अध्यक्ष प्रकाशशम्शेर राणा, महासचिव दीपराज गुरुङ र पारा तेक्वान्दो कमिटीका अध्यक्ष काशिममियाँ धोबीले सातदोबाटोमा बिदाइ गरे । आइतबार जापान जाने नेपाली टोलीले अगष्ट ५ देखि ११ तारिखसम्म प्रशिक्षण गर्ने छ । नेपाल तेक्वान्दो संघसँग भएको सम्झौता अनुसार नेपाली पारा खेलाडीले जापानमा दुई चरणमा प्रशिक्षण गर्ने छन् । नेपाली टोली पहिलो चरणको प्रशिक्षणका लागि जापान जान लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर