RUMPUM
animated ellipse animated ellipse

गाँजा सहित भारतिय नागरिक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ श्रावण २०७६, सोमबार १७:३१
3
Shares

सुनसरी / गाँजा सहित भारतिय नागरिकलाई सुनसरी प्रशरीले पक्राउ गरेको छ ।

१२ केजी लागु औषध गाँजा सहित भारतको अररिया जिल्ला हासकोसा ग्रामपंचायत घर बताउने २० बर्षीय विकेशकुमार राय सुनसरी प्रहरीले पक्राउ गरेको हो । रायलाई सुनसरी वर्जु गाउपालिका–३ केशलिया खोला छेउ नेपाल भारत जोडने बाटोमा चेकीङमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई उनले बोकेको दुई वटा कालो ब्याग चेँकजाच गर्दा सिलप्याक गरेको १–१ केजी को १२ पोका गाँजा फेला पारिएको सुनसरी प्रहरीले जनाएको छ ।

रायको साथमा भएको २ वटा मोबाईल समेत बरामद गरी उनी उपर लागू औषध गाँजा मुद्दामा सुनसरी जिल्ला अदालतबाट १५ दिन को म्याद थप भई अनुसन्धान अगाडी बढाईएको उसुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर