RUMPUM
animated ellipse animated ellipse

लागु औषधसहित १ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ श्रावण २०७६, सोमबार १७:२२
3
Shares

सुनसरी / धरान उपमहानगरपालिका ८ स्थित तिनकुने चोकबाट २३ बर्षीय सन्तोष साही लागुऔषध सहित पक्राउ परेका छन ।

हिजो साँझ साढे ५ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ईटहरीबाट धरान तर्फ आउदै गरेको यात्रु बाहक बसरोकी बसमा सवार धरान २ बस्ने साहीलाई नियन्त्रणमा लिई निजले बोकेको झोलामा खानतलासी गर्दा सो झोला भित्र लुकाई छिपाई राखेको लुपिजेसिक ७४ एम्पुल, एभिल ७३ एम्पुल, डाईजेलाभ ७३ एम्पुल लागु औषध बरामद गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेका साही उपर कानुनी कारबाही अगाडी बढाईएको साथै थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएकोले छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर