पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश न .१ को पर्यटन प्रर्वद्धनको लागी आवश्यक कानूनको अभाव खडकिरहेको बेला प्रदेश सभाबाट पारित विधेयक प्रमाणिकरण भएको छ ।
प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले आज “ प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक—२०७६ ” प्रमाणिकरण गरेका हुन् । यो विधेयक प्रमाणिकरण पछि प्रदेश सरकारलाई धार्मिक , सास्कृतिक र अन्य महत्वपूर्ण स्थलहरूको पर्यटन बिकास गर्न बाटो खुल्ला भएको हो । प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले यो विधेयकसहित ३४ वटा विधेयक प्रमाणिकरण भैसकेको बताए ।
प्रदेश सभा नियमावली —२०७४ को नियम १०८ बमोजिम यही असार २९ गते बसेको चौथो तथा बजेट अधिबेशनको २४ औ बैठकले विधेयक पास गरेको हो । प्रदेश प्रमुखले प्रदेश सभाबाट पारित भै आएको सो विधेयक संविद्यानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणिकरण गरेको रेग्मीले जानकारी दिए ।