RUMPUM
animated ellipse animated ellipse

लाखौं रुपैयाँ ठगि गर्ने दुई जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ श्रावण २०७६, आईतवार १८:१६
3
Shares

विराटनगर / विदेश पठाउने भन्दै लाखौं रूपैयाँ ठगि गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

श्रम तथा रोजगार कार्यालय विराटनगरले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारमा पठाउने र पैसाँ पाएपछि सम्पर्कवीहीन भएर ठगि गरेको आरोपमा बर्दियाको ठाकुरबाबा नगरपालिका – ३ का राम थारू र सुनसरी बराहाक्षेत्र नगरपालिकास्थित प्रजापति काफ्ले पक्राउ परेका हुन् ।

थारूलाई काठमाण्डौको बानेश्वर र काफ्लेलाई सुनसरीको बराहाक्षेत्र ६ बसपार्कबाट प्रहरीले पक्राउ गरि आइतबार श्रम कार्यालयमा उपस्थिति गराएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । उनका अनुसार पक्राउ परेका थारूले आकर्षक तलब हुने भन्दै विभिन्न देशमा पठाइ दिने भन्दै धरानका दुई जना यूवाबाट १७ लाख रूपैयाँ ठगि गरेको बताए । धरान–१५ का पिण्डेश्वरी चौकका प्रकाश तामाङ र सुरज श्रेष्ठलाई पोर्चुगल पठाइ दिने भन्दै ठगि गरेको खुलेको छ । काफ्लेलाई साउन ९ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले र थारूलाई पनि सोही दिन महानगरीय प्रहरी परिसर काठमाण्डौले पक्राउ गरि श्रम कार्यालयमा आवश्यक कारवाहीको पठाएको थियो ।

यस्तै प्रजापतिले १३ जनालाई विभिन्न देश पठाउने भन्दै ७० लाख रूपैयाँ ठगि गरेको आरोपमा पक्राउ गरेको वरिष्ठ श्रम अधिकृत संन्जेलले बताए । प्रजापतिका ३२ वर्षिय छोरा आशिषले ग्रिसमा बसेर रोजगारको नाममा ठगि धन्दा चलाएको खुलेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर