पूर्वाञ्चल खबर
पाँचथर / पाँचथरको याङवरक गाउँपालिका १ र २ को ठिङगेपुर खोल्छामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।
शुक्रबार साँझ पौने ७ बजेको समयमा पाँचथरको याङवरक गाउँपालिका १ का डम्वर मगरको छोरा ११ वर्षिय अर्विन मगर पौडी खेल्ने क्रममा डुवेको देखे पछी अर्विनको वहिनीले अभिभावकलाई खवर गर्न साथ उनलाई पानीबाट तत्काल निकाली उपचारको लागी जिल्ला अस्पताल फिदिम पाँचथर ल्याउनासाथ राती पौने १० बजे डाक्टरले उनको मृत घोषणा गरेका पाँचथर प्रहरीले जनाएको छ ।