RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा दुर्घटनामा परि आजै पाँच जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ श्रावण २०७६, बिहीबार २०:५०
3
Shares

विराटनगर / प्रदेश १ का तीन जिल्लामा आज मात्र ५ जनाको ज्यान गएको छ । सवरी दुर्घटना, बाढी र लडेर चारजनाको ज्यान गएको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको जहदा गाउँपालिका १ स्थित खेतमा को २ त ९०४६ नम्बरको ट्याक्टरले किच्दा चालक ४१ बर्षका दीपक सरबरियाको मृत्यु भएको छ ।

बिहान करिब ११ बजे स्थानीय कुलबहादुर गुरुङको ब्याड खेत जोत्ने क्रममा सरबरियाले चलाएको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टर पल्टदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

यसैगरी पानीमा डुबेर झापामा आजै दुई जनाको मृत्यु भएको छ । प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी र कमल गाउँपालिकामा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको हो ।

हल्दिबारी गाउँपालिका १ का ३८ वर्षीय वीरेन्द्र बुढाथोकी खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । आज बिहानै घरबाट निस्किएका बुढाथोकी घर नफर्किएपछि खोजतलास गर्ने क्रममा खेतमा जमेको पानीमा लडेर मृत्यु भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

यसैगरी पाँच दिनदेखि बेपत्ता रहेका मोरङको मिक्लाजुङ गाउँपालिका ६ का एक यूवकको शव खोलामा फेला परेको छ । साउन ४ गतेदेखि मधुमल्ला बजार जान्छु भनेर घरबाट हिंडेपछि बेपत्ता भएका कार्कीको शव नुनसरी र बक्राहा खोला दोभानमा फेला परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर