AArya
RUMPUM
animated ellipse animated ellipse

भारतीय लहरीको ठक्करबाट स्थानिय यूवाको मृत्यु भएपछि सिमा क्षेत्र तनावग्रस्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ श्रावण २०७६, बिहीबार १९:५५
9
Shares

विराटनगर / विराटनगर भन्सार कार्यालय अगाडी भारतबाट कच्चा पदार्थ बोकेर आएको लहरीले घिसारेर एक यूवाको आज मृत्यु भएपछि सिमा क्षेत्र तनावग्रस्त बनेको छ ।

विराटनगर महानगरपालिका–१५ रानीका २२ वर्षीय अमर सिंहको मृत्यु भएपछि नेपाल–भारत सीमा क्षेत्र तनावग्रस्त बनेको हो ।

ठक्कर दिने लहरी

एन एल ०१ डी ३६९० नम्बरको लहरीले बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो । मोटरसाइकल चालक सिंहलाई करिब २ सय मिटर लहरीले घिसारेर मारेकोे प्रत्यक्षदर्शीहरूले बताएका छन् । लहरीले ठक्करबाट सिंहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । मोटरसाइकलले ओभेरटेक गर्ने क्रममा कर्कटपाता बनाउने कच्चा पदार्थ बोकेको लहरीले ठक्कर दिँदा दुर्घटना भएको डिएसपी खिउजुले बताए । शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ । दुर्घटनापछि लहरीका चालक भने फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको विरोधमा प्रदर्शन र तोडफोड हुन थालेपछि रानी बसपार्क क्षेत्रको अवस्था असामान्य बनेको छ । घटनाको विरोधमा उत्रिएका स्थानीय बासिन्दाले दुर्घटना गराउने लहरीसहित कम्तीमा १३ वटा मालबहाक सवारी साधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ । भन्सार कार्यालय नजिकैको सडकमा टायर बालेर अहिले प्रदर्शन भइरहेको छ । तस्वीर : प्रेम लुङ्गाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर