AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका १४ स्थानमा निःशुल्क वाइफाई सेवा शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ श्रावण २०७६, बुधबार १९:३७
9
Shares
निःशुल्क वाइफाईको स्विच अन गर्दै मेयर पराजुली

विराटनगर / विराटनगर महानगरपालिकाले आजदेखि नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाईफाई सेवा सञ्चालन गरेको छ । वल्र्ड लिङ्क प्रालि र महानगरपालिको सम्झौतामा सो सेवा सञ्चालन गरिएको हो ।

महानगरका मेयर भीम पराजुलीले एक कार्यक्रमका वीच कञ्चनवारी चोकमा रहेको वाइफाईको स्विच अन गरेर विधिवतरुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर पराजुलीले सञ्चारको युगलाई अझ फराकिलो बनाउने उदेश्य अनुरुप वाइफाइ जडान गरिएको बताए । उनले चुनावी घोषणापत्रमा समेत आफ्नो योजना रहेको र सोही अनुरुप पुरा गर्दे गएको बताए । आफुले प्रतिबद्धता गरेका कुराहरु पुरा गर्दे जाने संकल्पका साथ कामहरु भइरहेको मेयर पराजुलीको दावी थियो । सञ्चारको सहज पहुचका लागी नगरका सवै स्थानमा फ्री वाइफाइ जडान गर्ने लक्ष्य आफुले राखेको मेयर पराजुलीले बताए ।

पहिलो चरणमा कञ्चनबारी, पुष्पलाल चोक, खारजी, ठूलोमिल चोक ,प्रादेशिक अस्पताल(कोशी), मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, विद्युत प्राधिकरण(भृकुटी चोक), विराटनगर विमानस्थल, बसपार्क, जिल्ला प्रशासन कार्यालय मोरङ, बरगाछी, हनुमान मन्दिर(मेनरोड) र ट्राफिक चोकमा वाइफाई सेवा शुरु गरिएको छ।

जडान गरिएका वाइफाईले प्रत्येक स्थानमा ५० देखि १०० सय मिटर क्षेत्रमा एकसाथ २५० देखि ३५० जनाले तीन एमविपिएस सेवा उपभोग गर्न पाउने छन् । यो सेवा पाँच बर्षका लागि लिङ्कले निःशुल्क उपलव्ध गराएको हो ।
दोस्रो चरणमा नगरका विभिन्न थप ५० चोकहरुमा वाइफाई जोडिने लक्ष्यका साथ काम भइरहेको मेयर पराजुलीका प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए ।

सहयोगी संस्था वल्र्डलिङ्कका विराटनगर सहायक प्रवन्धक प्रेमप्रसाद घिमिरेले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले निःशुल्क सहयोग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर