RUMPUM
animated ellipse animated ellipse

विराटनगरका १४ स्थानमा निःशुल्क वाइफाई सेवा शुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ श्रावण २०७६, बुधबार १९:३७
9
Shares
निःशुल्क वाइफाईको स्विच अन गर्दै मेयर पराजुली
विराटनगर / विराटनगर महानगरपालिकाले आजदेखि नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाईफाई सेवा सञ्चालन गरेको छ । वल्र्ड लिङ्क प्रालि र महानगरपालिको सम्झौतामा सो सेवा सञ्चालन गरिएको हो ।

महानगरका मेयर भीम पराजुलीले एक कार्यक्रमका वीच कञ्चनवारी चोकमा रहेको वाइफाईको स्विच अन गरेर विधिवतरुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर पराजुलीले सञ्चारको युगलाई अझ फराकिलो बनाउने उदेश्य अनुरुप वाइफाइ जडान गरिएको बताए । उनले चुनावी घोषणापत्रमा समेत आफ्नो योजना रहेको र सोही अनुरुप पुरा गर्दे गएको बताए । आफुले प्रतिबद्धता गरेका कुराहरु पुरा गर्दे जाने संकल्पका साथ कामहरु भइरहेको मेयर पराजुलीको दावी थियो । सञ्चारको सहज पहुचका लागी नगरका सवै स्थानमा फ्री वाइफाइ जडान गर्ने लक्ष्य आफुले राखेको मेयर पराजुलीले बताए ।

पहिलो चरणमा कञ्चनबारी, पुष्पलाल चोक, खारजी, ठूलोमिल चोक ,प्रादेशिक अस्पताल(कोशी), मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, विद्युत प्राधिकरण(भृकुटी चोक), विराटनगर विमानस्थल, बसपार्क, जिल्ला प्रशासन कार्यालय मोरङ, बरगाछी, हनुमान मन्दिर(मेनरोड) र ट्राफिक चोकमा वाइफाई सेवा शुरु गरिएको छ।

जडान गरिएका वाइफाईले प्रत्येक स्थानमा ५० देखि १०० सय मिटर क्षेत्रमा एकसाथ २५० देखि ३५० जनाले तीन एमविपिएस सेवा उपभोग गर्न पाउने छन् । यो सेवा पाँच बर्षका लागि लिङ्कले निःशुल्क उपलव्ध गराएको हो ।
दोस्रो चरणमा नगरका विभिन्न थप ५० चोकहरुमा वाइफाई जोडिने लक्ष्यका साथ काम भइरहेको मेयर पराजुलीका प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए ।

सहयोगी संस्था वल्र्डलिङ्कका विराटनगर सहायक प्रवन्धक प्रेमप्रसाद घिमिरेले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले निःशुल्क सहयोग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

2 comments

  1. सार्है राम्रो योजना तथा कार्य, सायद अब यसरी नै होला नेपालको बिकाश हुने..।। बिराटनगरमा मात्र हैन देशका सबै कुना काप्चामा वाईफाई जोडौं झलमल्ल उज्यालो हुनेछ हाम्रो देश साथै प्रत्येक जनतालाई एउटा मोबाइल पनि दिउं आखिर यहि जनताको पसिनाको कमाई त होनि..।। सायद देशका सम्पुर्ण कार्यहरु अनलाइन मार्फत गर्ने गुरु योजना होला हाम्रा आदरणीय अग्रज नेत्तृत्व बर्गहरुको..।। पहिला जग बनाउं जग बिनाको घर निर्माण नगरौं यो सहि कार्य हैन।। सायद यहिनै होला कलियुगका मानवको दिगोबिकाशको सिद्धान्त…।। आफ्ना छोरा छोरी तथा भावी पुस्तालाई राम्रै समाज निर्माण गरि छाडेर जाने सोच बनाउनु भएछ..।। उच्चशिक्षा वास्तवमै उच्च नै हुंदो रहेछ..।। अझ बिराटनगरमा भिउटावर पनि अलि चांडै बनाउनु होला साथै त्यहाँ पनि वाइफाई जोडदिनु होला कि हाम्रा समाजका सजग मानवलाई सजिलो होस..।। आहा कति राम्रो सोच आहा कति राम्रा हाम्रा पत्रकार मित्रहरु.।। सबै नेपालीलाई धेरै धेरै सुभकामना धेरै राम्रो र दीर्घकालीन सोच भएका साथै दिगोबिकाश को सिद्धान्त लाई द्रुत गतिमा अगाडी बढाउन सक्ने नेत्तृत्वलाई साथ तथा समर्थन गर्दै हुनुन्छ सदैब एस्तै साथ दिंदै जानुहोला आलोचनात्मक दृष्टिकोण प्रस्तुत नगर्नु होला…समग्र जनता हजुरहरुको जय जय..जय जय..जय जय होस् ।। मलाई माफ गर्नुहोला..👏👏 यदि विकासका निम्ति योजना बनाउन तथा सकारात्मक कार्य गर्न आउदैन भने यस्ता लज्जास्पद कार्य गरि समग्र मानव जातिको अस्तित्वमा दाग नलगाई दिनुहोला।। यदि योजना निर्माण तथा कार्यान्वयन गर्न आउदैन भने सच्चा मानव सङ्ग परामर्श लिनहुन बिनम्र अनुरोध गर्दछु।। सकिन्छ राम्रो समाजको निर्माण गरौं हैन भने समाजलाई बिगार्ने खालको कार्य पनि नगरौं ।। सहि समाज निर्माण गर्न परामर्श चाहिएमा सम्पर्क राख्नु होला निशुल्क परामर्श प्रदान गरिने छ। अझै देशलाई सहि बाटोमा लग्न सकिने अवस्था छ यदि यसरिनै सम्पुर्ण जनता हिड्ने हो भने हाम्रो देश र यहाँका जनताको अस्तित्व नाश हुन कत्ती समय पनि लाग्ने छैन।तसर्थ समय छ गर्नुपर्ने कार्य सकारात्मक ढङ्गबाट गरौं। सहि योजनालाई लात हानी यस्ता अनैतिक कार्य नगरौं यो मानवीय गुण हैन..।। केही राम्रो बनाएर छाडेर जाउं भन्ने भावना भएकाले सहन सकिन र भावना पोख्ने जमर्को गरे, गल्ती गरे सक्नु हुन्छ भने माफ गर्नुहोला नसक्दा नगर्नुहोला ।।

  2. कर्मचारी संचय कोष तथा अन्य कार्यालय रहेको “प्रतिभा चौक” एरियामा पनी फ्री वाईफाई जडान गर्नु जरुरी छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर