पूर्वाञ्चल खबर
धनकुटा / धनकुटा नगरपालिका ८ डाँडाटोलका ३ जना बालबालिका तमोर नदिले बगाएर बेपत्ता भएका छन् ।
गत आइतबार धनकुटा नगरापालिका ८ याक्चनाका शंखबहादुर राईका ९ वर्षीया छोरा सञ्जीव राई, ६ वर्षीय छोरी सञ्जीला राई र ७ वर्षीया छोरी सलिना राईलाई तमोर नदीले बगाएको भए पनि हालसम्म नभेटिएको धनकुटा प्रहरीले जनाएको छ।
नदिले बगाएर बेपत्ता भएका उनीहरुको स्थानीयवासी र आफन्तले खोजी गर्दा फेला नपरे पछी आज जिल्ला प्रहरी कार्यालय धनकुटामा खबर गरेको थिए ।
घटनाको जानकारी पाउनसाथ तत्काल उक्त कार्यालय र अन्य सुरक्षा निकायसंग समन्वय गरी बेपत्ता बालबालिकाहरुको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।