पूर्वाञ्चल खबर
पथरी / मोरङको पथरी शनिश्चरेको जंगल क्षेत्रमा फेरी एक महिलाको शव फेला परेको छ । पथरी शनिश्चरे नगरपालिका – १० स्थित पशुपति सामुदायिक वन क्षेत्रमा जना महिलाको शव फेला परेको हो ।
स्थानीयले घाँस काटन जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचना पछि प्रहरीले घट्नास्थललाई नियन्त्रणमा लिएको छ । महिलाको शव फेला परेको भए पनि अनुहार चिनि नसक्ने अवस्थामा भएकाले पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार रुखमुनी शव फेला परेको हो । रुख माथि एउटा सल पनि भेटिएको छ । केही दिन अघि सोही जंगल खण्डमा एक पुरुषको पनि शव भेटिएको थियो । पथरीमा पछिल्लो समय हत्याका घट्ना र शव भेटिने क्रम बढेको छ ।